यती एयरलाइन्सको दशैं अफरः स्कुटरदेखि हिरा उपहार

  २०७८ असोज १७ गते १५:५५     विकासन्युज

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठपर्वलाई लक्षित गरेर हवाई यात्रुहरुका लागी विभिन्न उपहार सार्वजनिक गरेको छ । एयरलाइन्सले २३ औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दशैँ तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार सार्वजनिक गरेको हो ।

उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागी दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने कम्पनीले जनाएको छ । सो योजना असोज २१ देखि कार्तिक २४ सम्म यती एयरलाईन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ ।

यस अन्तर्गत विभिन्न समयमा टिकट काटे पनी यो अवधीमा उडानगर्ने यात्रुहरुमा लागुहुने कम्पनीले जनाएको छ । प्रथम पुरस्कारको प्रायोजन यमाह को आधिकारीक बिक्रेता एम ए डब्लु, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्ड प्रालिले प्रायोजन गरेको छ ।

चाडपर्वमा यती एअरलाइन्समार्फत् यात्रा गर्ने यात्रुलाई लक्षित गरेर कम्पनीले सो योजना सञ्चालन गर्न लागिएको जनाएको छ ।

यात्रुहरुले आरामदायी यात्रा सँगै उपहार पनि प्राप्त गरुन भन्ने उद्देश्य रहेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार सो अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुले विमानस्थलमै चेक ईन गर्दा वोर्डिङ पास संगै प्रदान गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नुपर्नेछ ।

एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सो अवधिका लागी एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने योजना सार्वजनिक गरिएको छ । अर्थात् दुइतर्फी यात्रा गर्दा एकैजनाले ४ वटा लक्की ड्र कुपन पाउने छन् ।

‘यती एयरलाइन्सको जहाजबाट जतिधेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने छ’ प्रवक्ता बर्तौलाले भने ।

असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने र यसको जानकारी आफ्ना सोसल मिडिया मार्फत सार्वजनिक गरीने कम्पनीले जनाएको छ ।

हाल यतीले ५ वटा एटिआर–७२ विमान मार्फत विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.