नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ‘माकाे’ बाट पैसा तिर्न सक्ने, ब्यालेन्स लाेड गर्नै नपर्ने

  २०७८ असोज १४ गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयाेगकर्ताहरुले माेकाे डिजिटल वालेटमा खाता लिंक गरी काराेबार गर्ने सक्ने भएका छन् ।

बैंकका ग्राहकले यस नयाँ माेबाइल डिजिटल वालेटमा खाता लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्नसक्ने भएका हुन् ।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएकाे छ । ग्राहकले रकम लाेड नगरी लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गरेर पैसा तिर्नसक्नेछन् ।

मोबाइल डिजिटल वालेट ‘फाेकाे फोकसवान पेमेन्ट सोलुसनले संचालनमा ल्याएकाे एप हार् । नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त यस भुक्तानी सेवा प्रदायक संस्थाले डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.