नबिल बैंकले दाेस्राे पटक पायाे लिडिङ पार्टनर बैंक अवार्ड

  २०७८ असोज १४ गते ११:३९     विकासन्युज

काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले सोही अवार्ड  गत वर्ष पनि पाएकाे थियो ।

एशियाली विकास बैंकको टिएससिइफईद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हाैसला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ ।

एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामकाे घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टिएससिएफपीसँग सबैभन्दा बढी कारोबार गरेकाे रेकर्ड राखेकाे थियो  ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंककाे १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.