सिभिल लघुवित्तले घोषणा गर्यो २० प्रतिशत लाभांश, गत ५ वर्षयताकै उच्च

  २०७८ असोज १४ गते १०:३१     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।

प्रस्तावित २० प्रतिशत लाभांश ५ वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्ममा १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको छैन । यो अवधिमा संस्थाले सेयरधनीलाई प्रतिवर्ष क्रमशः ५.२६, ४.७३, ७.८९, १० र ३.६८ प्रतिशत लाभांश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.