लाङटाङ खोलामा सनराइज बैंककाे अगुवाइमा दुई वटा बैंकले ३ अर्ब लगानी गर्ने

  २०७८ असोज १३ गते १८:३६     विकासन्युज

काठमाडाैं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंककाे अगुवाइमा ३ वटा बैंकले  लगानी गर्ने भएकाे छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एन.सी.सी बैंकले करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

प्रवर्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हाे ।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विधुत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विधुत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.