माथिल्लो आँखुखोलामा सिटिजन्स बैंककाे अगुवाइमा चार वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने

  २०७८ असोज १३ गते ११:५१     विकासन्युज

काठमाडौं । धादिङ्गको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् ।

सिटिजन्स बैँकको अगुवाइमा नेपाल एस.बि.आइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैँकले उक्त आयोजनामा साढे ५ अर्ब लगानी गर्न लागेको हो ।

मंगलबार ५ वटा बैंकबीच साे आयोजनाकाे वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ र २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

आयोजना आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिने बताइएकाे छ । आयोजनाले यसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रियामा पुरा गरिसकेकाे छ र हाल आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पननीले जनाएकाे छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामास्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ हजार ७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.