एनएमबिले मुद्धतीमा ९.५२ प्रतिशत ब्याज दिने, खाता ५ मिनेटमै खोल्न सकिने

  २०७८ असोज १२ गते १९:२२     विकासन्युज


काठमाडौं । एनएमबि बैंकले मुद्धती खातामा वार्षिक ९.५२ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले सर्वसाधारण ग्राहकलाई ०.५ प्रतिशत प्रिमियमसहित सो मात्राको व्याजदर दिने गरी नयाँ योजना ल्याएको हो ।

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा बैंकले सबैलाई समेट्ने गरी निक्षेपमा उच्च ब्याज प्रदान गर्न लागेको हो ।

यससँगै एनएमबिमामा खाता नभएका ग्राहकले भिडियो केवाईसी (भीकेवाईसी), एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भीकेवाईसी मार्फत ग्राहकले अनलाईन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया सबै डिजिटल रुपमानै सम्पन्न गर्न सक्नेछन् ।

यससँगै बैंकका अनुसार ग्राहकले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भीकेवाईसीको लागी ग्राहकले यो डिजिटल लिंक https://vcc.nmb.com.np मा क्लिक गर्न सक्नेछन् ।

बैंकले हाल १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.