प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

  २०७८ असोज १० गते १०:३३     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सो प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.