एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ शुदेस खालिङ्गले सम्हाले कार्यभार

  २०७८ असोज ८ गते १६:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुदेस खालिङ्गले कार्यभार सम्हालेका छन् । उनले असोज ८ गतेदेखि बैंकमा पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हालेका हुन् ।

विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव बटुलेका सीईओ खालिङ्गले विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका छन् ।

बैंकले १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले शुक्रबारदेखि कार्यभार सम्हाल्ने
एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, को हुन् उनी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.