१० अर्ब ३६ करोड बढीका मोबाइल फोन आयात

  २०७८ असोज ८ गते १६:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १० अर्ब बढीका मोबाइल आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २ महिनामा १० अर्ब ३६ करोड रूपैयाँ बराबरका १४ लाख ९८ हजार वटा मोबाइल सेट आयात भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को २ महिनाको तुलनामा ५० प्रतिशतले बढी हो । गत वर्षको भदौमा ९ लाख ९५ करोड वटा मोबाइल सेट आयात भएको थियो । कोभिड–१९ संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी पछि नेपालमा मोबाइल तथा ल्यापटको आयातमा बृद्धि हुँदै गएकोे छ ।

तथ्यांक अनुसार दुई महिनामा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको हो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को पहिलो दुई महिनामा २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो । सो अवधिको तुलनामा चालु आवमा ११५.४३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।

यस्तै २ महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा ७५ दशमलव ८६ प्रतिशतले आयातमा बृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.