पूर्व डेपुटी गभर्नर सिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ गीत सार्वजनिक

  २०७८ असोज ४ गते ११:११     विकासन्युज

काठमाडौं । गितकार चिन्तामणी सिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ गीत सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका सिवाकोटीको हिमालमा हिउँ पग्लि बोलको गीत शनिबार सार्वजनिक भएको हो ।

यसअघि मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’ बोलको गीत सार्वजनिक गरिसकेका उनको यो गीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज सुन्न पइन्छ । गीतमा सुरेश अधिकारीले संगित भरेका छन् भने कलाकार आकाश अधिकारी र निता ढुङ्गाना मोडलिङको भूमीकामा देखिएका छन् ।

गीतमा कोरियोग्राफरको भूमीकामा कमल राई छन् । गीतको निर्देशन आकाश अधिकारीले नै गरेका छन् । गीतको भिडियो ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अवकास पाएपछि सिवाकोटीले गीत संगितमा लाग्ने घोषणा नै गरिसकेका छन् । उनले यसअघि ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘जिउँदै छु’, ‘आएन खबर’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् ।

साहित्यमा झुकाव भएका सिवाकोटी २०४३ सालदेखि गीत लेख्न थालेका हुन् । सिवाकोटीको गीतले देशको जातजति, भुगोल र प्राकृतिक विविधताको बारेमा गीतमा सन्देश दिन खोजका छन् । उनले बहुजाती, बुहभाषी र भुगोलको विविधता भएको देशमा सबैले मिलेर देशको विकासमा लाग्नु पर्ने सन्देश दिन खाजेका छन् ।

भिडियाे हेर्नुस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.