डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, असोज १२ गतेदेखि बुक क्लोज

  २०७८ असोज ४ गते ११:१०     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आगामी असोज २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे चितवनको भरतपुरस्थित रहेको चितवन गार्डेन रिर्सोटमा बस्न लागेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, बोनस सेयर जारी गर्दा दशमलब पछिको सेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने संस्थाले जनाएको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, सभाले डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्ति कार्य अगाडि बढाउन नसकिने भएकोले सो को लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । सो सम्बन्धमा हालसम्म भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने संस्थाले जनाएको छ । साथै, सभाले सो कार्यको लागि नियमनकारी निकायहरुको निर्देशन बमोजिम काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । । साथै, साधारण सेयरधनीमध्येबाट ३ जना सञ्चालकलाई निर्वाचन गर्ने संस्थाको प्रस्ताव रहेको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज हुने छ । यससँगै असोज ११ गतेसम्म कायम सेयरधनीले संस्थाकोे प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.