भगवती उच्च माध्यामिक विद्यालयमा मनोपरामर्श कक्षको उद्घाटन

  २०७८ असोज ३ गते १२:००     विकासन्युज

काठमाडौं । शंखरापुर नगरपालिकाको श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनोपरामर्श कक्षको उद्घाटन भएको छ ।

नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उक्त मनोपरमार्श कक्षको उद्घाटन गरेका हुन् । सम्भाव्य फाउण्डेसनले विद्यालयमा मनोपर्श कक्ष बनाएको हो ।

साँखुमा रहेको यस विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीहरु अध्यन गर्दछन् । राम्रो शिक्षाको साथै विद्यार्थीहरुको मानसिक स्वास्थ्य पनि राम्रो हुने जरुरी भएकोले विद्यालयमा मनोपरामर्श कक्ष बनाइएको विद्यालयका प्रध्यानाध्यापक अनुप श्रेष्ठले बताए । उनले यसमा सहयोग गरेको भन्दै सम्भाव्य फाउण्डेसनलाई धन्यवाद पनि दिए ।

मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ ।

यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलोपटक दुई सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.