‘गभर्मेन्ट सटडाउन’मै ढुकुटीबाट साढे १८ करोड खर्च, शुक्रबार मात्रै २१ लाख निकासा

  २०७८ असोज २ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले ढुकुटी खर्च गर्ने अधिकार गुमाएपछि खर्च पनि न्यून भएको छ । संसदबाट बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभएसँगै बिहीबारबाट औपचारिक रूपमा सुरु भएको ‘गभर्मेन्ट सटडाउन’ अर्थात सरकारी कामकाज बन्दको कारण खर्च पनि न्यून देखिएको हो ।

बिहीबारबाट सुरु भएको गभर्मेन्ट सटडाउनको कारण यो दुई दिनको अवधिमा सरकारले साढे १८ करोड रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको ढुकुटीबाट बिहीबार १८ करोड २४ लाख र शुक्रबार २१ लाख रुपैयाँ गरी कुल १८ करोड ४५ लाख रुपैयाँ खर्च गरेको हो ।

संसदबाट प्रतिस्थापन विधेयक पारित नभएर सरकार खर्च गर्न नपाउने संवैधानिक बन्देजमा परेपछि प्रतिस्थापन विधेयक संसदमा पेस हुनु अगाडिका बजेटका दायित्वहरु भुक्तानी गर्दा सो रकम खर्च भएको महालेखा कार्यालयले जनाएको छ । तर, विधेयक संसदमा पेस भएपछिका दायितव भने रोकिएका छन् ।

सञ्चित कोषमाथि व्ययभार पर्ने रकमअन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रदेश प्रमुखहरूदेखि संवैधानिक निकायका प्रमुखहरूको तलबभत्ता र ती निकायको प्रशासनिक खर्च पर्छ । यो शीर्षकअन्तर्गत सरकारले आन्तरिक तथा बाह्य ऋणको भुक्तानी पनि गर्न पाउँछ ।
महालेखाको नियन्त्रक कार्यालयका अनुसार बुधबार मात्रै १४ अर्ब खर्च भएको थियो । सरकारले बिहीबार ३ अर्ब ९० करोड र शुक्रबार १ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.