कमेडी च्याम्पियनः २५ लाख नगद र गाडी पाउने सम्भावना कसको ?

  २०७८ असोज २ गते १२:५९     विकासन्युज

काठमाडौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ले आज आफ्नो दोस्रो सिजनको विजेता पाउँदैछ । असोज २ गते टप–३ मध्येबाट विजेता घोषणा हुनेछन् । प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन ? यो प्रश्न र जिज्ञासा भने सबैको मनमा छ ।

दोस्रो सिजनको उपाधिको प्रतिष्पर्धामा होमिएका पौडेलको घर ताप्लेजुङ, थापाको गोरखा र विक्कीकोे घर सिक्कीम हो । ती तीन जनाबाट भोटिङका आधारमा कमेडी च्याम्पियनको विजेता घोषणा गरिनेछ ।

कमेडी च्याम्पिनयको टप–३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्छन् । अहिले भरतमणिको चर्चा सर्वत्र छ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटादेखि पूर्व युवराज पारस शाहसम्मका प्रस्तुती दिएर चर्चामा आएका उनी विजेताको प्रमुख दावेदारका रुपमा धेरैले लिएका छन् ।

उनीसँगै अर्का प्रतिस्पर्धी विक्की अग्रवाललाई पनि कम मान्न सकिँदैन । उनी पनि विजेताको मुख्य दावेदार हुन् । सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय बनिसकेका उनले यो रियालिटी सोमा पनि अधिकांशको मन जिते । उनले नेपालीसँगै सिक्कीमवासीको पनि भोट पाउनेछन् । त्यसैले पनि उनी विजेताका लागि िमुख्य दावेदारका रुपमा धेरैले लिएका छन् ।

यस्तै, कमेडी च्याम्पियनका टप थ्रीमा पर्न सफल कमेडियन हुन् सन्तोष थापा । थापाले अर्का दुई जनाको तुलानामा आफ्नो प्रगतिको ग्राफ उच्च बनाएका छन् । छोटो अवधिमै आफ्नो प्रस्तुतीमा उनले निकै निखार ल्याएका छन् । उनको प्रोगेसको ग्राफ निरन्तर उकालो लागेको देखिन्छ ।

प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको प्रस्तुती दिएका उनको अभिनयले पनि धेरैलाई छोएको छ । त्यसैले पनि पनि विजेताका लागिकडा दावेदार हुन् । तीन जनामध्ये विजेताले विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.