दशैंमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक

  २०७८ भदौ ३१ गते १६:२३     विकासन्युज

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म ५७ दिनका लागि सो अफर सार्वजनिक गरेको हो ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने जनाएको छ । आइएमई पे मा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था रहेको जनाईएको छ ।

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीवीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरे ।

आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गरेका थिए ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.