नबिल बैंककाे दशैं अफर: मुद्दती खातामा ९.२६ प्रतिशत ब्याज दिने

  २०७८ भदौ ३१ गते १२:२७     विकासन्युज

काठमाडाैं । नबिल बैंकले मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएकाे छ ।

दशैंको अवसरमा नबिल बैंकले असाेज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्ताे आकर्षक योजना ल्याएकाे हाे ।

मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने यस बैंकले आफ्नो उदेश्य रहेको जनाएको छ ।

देशभरका १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर यस बैंकले सेवा प्रवाह गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.