गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्मको छुट

  २०७८ भदौ ३० गते १६:४४     विकासन्युज

काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकले छुट पाउने भएका छन् । बुधबार बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएकाे हाे ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.