असाेज ४ गतेबाट नयाँ नाेट साट्न पाइने

  २०७८ भदौ ३० गते १४:३०     विकासन्युज

काठमाडौं । असोज ४ गतेबाट दशैं र तिहारको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यलयहरुबाट नयाँ नोट साट्ने सुविधा मिलाइएको जनाएको छ ।

काठमाडौं उपत्यकाको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यलयमार्फत नोट साट्न सकिनेछ ।

बैंकले नोट साट्न जाँदा सरकारले लागु गरेको सबै प्रकारको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.