मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाका उद्याेगीलाई सहुलियतपुर्ण कर्जा दिने

  २०७८ भदौ ३० गते १२:४०     विकासन्युज

काठमाडाैं । मेगा बैक नेपाल, मेगा क्यापिटल मार्केट्स, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ ।

धादिङस्थित एक समारोहका बीच मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट लघु तथा कृषि कर्जा प्रमुख, पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भु कुमार थापा र धादिङ उद्योग वणिज्य संघका तर्फबाट कार्य समिति सदस्य सुमन घरेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसँग आवद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपुर्ण कर्जा प्रदान गर्नेछ ।

जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ्ग उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

मेगा बैंकले ‘हलो देखि हाइड्रो सम्म’ भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको छ । यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नुको साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.