साहस उर्जाको आईपीओ असोज ६ गतेदेखि नै भर्न पाइने

  २०७८ भदौ २९ गते १०:३०     विकासन्युज

काठमाडौं । साहस उर्जाले अगामी असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा स्थानिय तथा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सो दिनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुकले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको सेयरको लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आईपीओ निष्काशनका लागि कम्पनीले इक्रा नेपालबाट इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग पाएको छ । जसले वित्तीय दायित्व पुरा गर्नमा कम्पनी मध्यम जोखिम रहेको भन्ने जनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.