सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फाेन किन्न पाउने, ब्याज तिर्नु नपर्ने

  २०७८ भदौ २८ गते १६:१४     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच यस्तो सम्झौता भएको हो ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफानहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन् । ग्राहकहरुले यस प्रि-बुकिङ्ममा आकर्षक उपहारहरु पनि प्राप्त गर्नेछन् ।

भदौ २० गतेबाट प्रि(बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि-बुकिङ्ग आइएमएस  स्मार्ट तथा सामसुङ प्लाजस्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेको आधिकारीका आउटलेटबाट गर्न सकिनेछ ।

बैंकका ग्राहकले सानिमाको क्रेडिट कार्डको लागि यस लिंक मार्फत आवेदन दिन सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १०४ वटा कार्यलय तथा ९६ वटा एटिएम संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.