प्रदेश तथा स्थानीय तहका १४ सय सडक आयोजना खारेज

  २०७८ भदौ २५ गते १७:४३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना आयोजना खारेज गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गरिएको बताएका हुन ।

‘समृद्ध नेपाल निर्माणको आधारको रुपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङक तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइनेछ । आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयनबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरेको छ’, बजेटमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.