नेपालमै पहिलाेपटक महिन्द्राकाे सेकेण्ड ह्याण्ड गाडीकाे शाेरुम संचालन

  २०७८ भदौ २५ गते १७:१९     विकासन्युज

काठमाडाैं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूम संचालनमा ल्याएकाे छ ।

कम्पनीले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ उक्त शाेरुमकाे उद्घाटन गरी संचालनमा ल्याएकाे हाे । कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको जानकारी दिएकाे छ ।

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । याेसँगैं अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।

अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने कम्पनीले जानकारी दिएकाे छ ।

‘आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय छन् तर यो नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं,’ अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले भने ।

शाेरुमबाट ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्न वैधले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.