२ सय मेगावाटमाथिको जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयाकर छुट

  २०७८ भदौ २५ गते १६:४९     विकासन्युज

काठमाडौं । सरकारले विस २०८२ साल चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाट माथिका जलाशाय तथा अर्थ जलाशाययुक्त जलविद्युत आयोजनालाई आयकरमा छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पुरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने निर्णय गरिएको बताएका हुन ।

उनले त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशतमात्र लाग्ने व्यवस्था मिलाईएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.