बैंकहरुले प्रत्येक पालिकामा ५ सय बेरोजगार युवालाई विनाधितो ऋण दिनुपर्ने

  २०७८ भदौ २५ गते १६:३४     विकासन्युज

काठमाडौं । बैंकहरुले प्रत्येक पालिकामा ५ सय बेरोजगार युवालाई विनाधितो कर्जा दिनुपर्ने भएको छ । सरकारले प्रतिस्थापन विधयेक मार्फत चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक पेश गरेका छन् । सो विधयेकमा व्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्ता गर्ने भनिएको छ ।

अर्थमन्त्री शर्माले विनाधितोको व्याज अनुदानको समहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्येक पालिकामा कम्तिमा ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने जानकारी दिए ।

One comment on "बैंकहरुले प्रत्येक पालिकामा ५ सय बेरोजगार युवालाई विनाधितो ऋण दिनुपर्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.