निशानले दक्षिण एसियामा ग्रीन मिशन सेसन आयोजना गर्ने

  २०७८ भदौ २४ गते १८:१४     विकासन्युज

काठमाडाैं । विश्व विद्युतीय गाडी दिवसको अवसरकमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहजउपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भच्र्युअल सेसनको आयोजना गर्ने भएको छ ।

नेपाल र भुटानमा पर्याप्तजलविद्युतको उपलब्धभएकोले वातावरणीय एवं आर्थिक पक्षमादरिलो वातावरण संरक्षणको संभावना छ निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने देखिन्छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभीनिसान कार प्रारंभिक चरणमा विशेष छुट मूल्यअर्थात ५९ लाख ९९ हजार रुपैयाउपलब्ध गराएको छ । निसानलिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादनभएको थियो । निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रातय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याई सकेको छ । यसको तुलनागर्दा ९ करोड रुखबाट पाईने अक्सिजन सँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनानल ओजकोकले शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको बताए । यस क्षेत्रका सरकारहरु पनि ल्किन इनर्जी लक्ष्यप्राप्त गर्न लागी परेको बताए । जसलाई कम्पनीले विगत ७० बर्षदेखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पु¥याई रहेको बताए ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभीनिसानको मौलिक र गुणस्त्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्ति शालीक्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० कि. मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ । यसकोे संचालनखर्च सा¥है कम रहेको कम्पनीको भनाई छ ।

निसानको साउथएशियाविजिनेस युनिटका निर्यात प्रमुख रधुनाथनायरले समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी रहेको बताए । कम्पनीले दक्षिण एशियाको बजारमा विशेष रुपमायसको बजार प्रवद्र्धन गरिरहेको उनको भनाई छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले यसको प्रारम्भिक मुल्य ५९.९९ लाख कायम गरेको बताए । हाल बजारबाट अत्याधिक अति राम्रो प्रतिकृया पाएको हुनाले निशान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि हाम्रो काठमाडौं स्थित शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेको पनि उनले बताए ।

निसानलिफ सवारी विद्युतीय स्टेसनमाचार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधालिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमाचार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यकपर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।

निसान मोटर इण्डिया जापानको निसान मोटर कंपनीको शतप्रतिशत सहायककंपनीहो । यो कंपनीको स्थापना २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी,एसयूभी र सेडान जस्ता सवारी साधनभारतमाबनाएको छ । यसले रिनोल्टसंग विश्वव्यापी रुपमासाझेदारी गरेको छ । भारतको चेन्नाई नजिकयसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निसान र ड्याट्शनयसकादुई ब्राण्ड हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.