ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०७८ भदौ २१ गते १७:३६     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच स्वच्छ व्यवसायस् सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिंङ सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो । कार्यक्रममा उद्यमशीलता प्रवर्धनकाे लागि ल्याइएका विभिन्न बैंकिंङ सेवाहरु तथा डिजिटल बैंकिंङ सम्बन्धी विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने,डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.