महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच महसुल संकलन बारे सम्झाैता

  २०७८ भदौ २१ गते १७:०९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता अनुसार सेवाग्राहीले मासिक ५०० रुपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ भन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.