गभर्नरलाई अर्थमन्त्रीको फोनः सेयर बजारलाई के गर्नु पर्ने हो गरिदिनुस्

  २०७८ भदौ २१ गते १३:१०     विकासन्युज

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् ।

उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

2 comments on "गभर्नरलाई अर्थमन्त्रीको फोनः सेयर बजारलाई के गर्नु पर्ने हो गरिदिनुस्"

  • आम लगानीकर्ता says:

    सेयर बजारको तालुकदार निकाय भनेको धितोपत्र बोर्ड र नेप्से हो , जुन अहिले खाली छन् र पहिलेका हाकिमहरुको गोरख धन्दा सबैले देखेको सुनेको हो। त्येस्करण तालुकदार निकायमा सहि व्यक्ति नियुक्ति गरेर पुंजी बजार बिकाशका लागि आबस्यक कदम चाल्न समस्त ४० लाख लगानीकर्ताको तर्फ़बाट अर्थमन्त्री ज्युलाई अनुरोध।

  • Durga pd says:

    मेराे पनि समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.