प्राधिकरणमा आवेदन दिनेले खल्ती मोबाइल वालेटबाटै शुल्क भुक्तानी गर्न सक्ने

  २०७८ भदौ १८ गते १७:४९     विकासन्युज

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनका ेफारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालन माल्याएको छ ।

आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट सजिलै भुक्तानीगर्न सक्नेछन् ।

दरखास्त दिने मिति भाद्र १८देखि असोज ७ सम्म रहेको छ । यद्यपि, इच्छुक तथा योग्यता पुगेकाउम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् ।

कार्यालयमा धाइरहनु पर्ने वालाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमाल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनामभुर्तेलले जानकारी गराए । प्राधिकरणको आधिकारीकवेबसाइट बाट विभिन्नपदको लागिअनलाइनफारम भरीसकेपछि पेमेन्ट विकल्पमाखल्ती छनौट गरी त्यसमालाग्ने शुल्क सजिलै भुक्तानीगर्न सकिन्छ ।

१९ लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगतचार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ ।

खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिलभुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापनशुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानीगर्ने, सरकारी कर तथा सेवाशुल्कतिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.