मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७८ भदौ १८ गते ११:०८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार थान ऋणपत्रको सूचिकरण भएको हो । जसमा ८.७५ प्रतिशत ब्याजदर पाइने छ ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.