बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा

  २०७८ भदौ १७ गते १९:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले सिन्धुपाल्चोककाे बाह्रबिसेमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम खाेलेकाे छ ।

नेपालमा सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएकाे छ ।

कम्पनीले ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ फिदिमका प्रोपराइटर राजेश श्रेष्ठ लाई उक्त शाेरुमकाे डिलरसीप प्रदान गरेकाे छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.