स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’, १५ प्रतिशतसम्म क्यासब्याक पाइने

  २०७८ भदौ १७ गते १९:०४     विकासन्युज

काठमाडाैं । बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक, माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक छुट पाउनेछन् ।

स्मार्टडोकोले दैनिक रुपमा आर्कषक अफर पनि ग्राहकमाझ ल्याएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन थुप्रै उपहार पाउन सक्नेछन् ।

यसका साथै स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ्युमm हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, कोभिडका अत्यावश्यक सामग्री, हेल्थ एण्ड ब्यूटी, होम एण्ड लिभिङ तथा विभिन्न प्रकारका प्रडक्ट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोको ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ ।

यस अफर भाद्र २०७८ देखि भाद्र २२ सम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.