अब एनएमबिका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

  २०७८ भदौ १७ गते १८:०८     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउने भएका हुन् ।

यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गरेपछि उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ ।

ग्राहकहरुले http://card@nmb.com.np/call@nmb.com.np मार्फत यस सम्बन्धी थप सूचना प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.