सिद्धार्थ बैंकद्वारा आदर्श कन्या निकेतनलाई कम्प्युटर र प्रिन्टर सहयाेग

  २०७८ भदौ १७ गते १८:०१     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले बिहिबार ललितपुर नगरपालिकाकाे मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर सहयाेग गरेको छ ।

बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्  ।

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त प्रिन्टर तथा कम्प्युटर सेटहरु सहयोग गरेकाे जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.