सानिमा बैंक तीज अफर: नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड र अन्य थुप्रै अफर

  २०७८ भदौ १७ गते १७:३१     विकासन्युज

काठमाडौं । हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यसका साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । यसका अतिरिक्त ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जानकारी दिएकाे छ ।

यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गका लागि उपलब्ध हुनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.