आईक्यानबाट लुम्बिनी विकास बैंकले पायाे रनरअप अवार्ड, वित्तीय विवरण उत्कृष्ट

  २०७८ भदौ १६ गते १७:३९     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले आईक्यानबाट फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड पाएकाे छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले प्रत्येक वर्ष बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को अवार्ड दिँदै आइरहेकाे छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफुलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ ।

हाल यस बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुल्क डेबिट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.