करिष्मा मानन्धरले नेपालमा भित्र्याइन इन्टेक्स ब्राण्डकाे इलेक्ट्रोनिक्स

  २०७८ भदौ १६ गते १७:००     विकासन्युज

काठमाडाैं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ ।

इन्टेक्स ब्राण्डका परिवारका लागि आवश्यक पर्ने लगायतका इलेक्ट्रोनिक्स सामानहरु नेपालमा रिसिक ट्रेडिङ कन्सर्न प्रालिले आधिकारिक विक्रेता भएर नेपाल भित्राएको हो ।

रिसिक टेडिङ कन्सर्न प्रालिको प्रबन्ध निर्देशकको रुपमा रहेकी अभिनेत्री करिष्मा मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताहरुले इन्टेक्स ब्राण्डलाई प्रयोग गर्न र आफुले चालेको नयाँ पाइलामा साथ दिन आग्रह गरिन् ।

इन्टेक्स ब्राण्ड विगत २५ वर्षदेखि विश्व बजारमा आएपनि ८ वर्ष अघि मात्र यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको जनाइएको छ । इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.