एभेन्जर ट्रयाक्टरकाे नेपालमा बिक्रीवितरण सुरु

  २०७८ भदौ १६ गते १६:२२     विकासन्युज

काठमाडौं । भाजुरत्न एग्रोले युरोपियन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा बिक्रीवितरण सुरु गरेको छ । नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५ एचपी देखी १०० एचपी सम्मको रेन्जमा टु व्हील तथा फोर व्हिलमा उपलब्ध छन् ।

नेपालमा बाहिरी प्रविधी तथा उच्चकोटीको ट्रयाक्टरको लाईनमा सस्तो तथा उचीत मूल्यमा विभीन्न सुविधासहित यस एभेन्जर ट्रयाकटरले प्रवेश गरेको कम्पनीको दावी छ । बिक्री शुरु गरेको केही सातामानै राम्रो बिक्री तथा बुकिङ्ग धमाधम भैरहेको र ग्राहकबाट राम्रो प्रतिकृया आईरहेकोले आफुहरु उत्साहित हुनुको साथै दायित्व पनि बढेको कम्पनीले जनाएको छ ।

बिक्री पछिको सेवालाई विशेष ख्याल राख्दै स्पटमानै गएर सेवा दिने तथा सर्भिस र पार्टपुर्जाको वितरणमा कुनै कमिकमजोरी हुन नदिने प्रतिबद्धता कम्पनीले गरेकाे छ ।

कम्पनीले यसको खरिदमा ग्राहकहरुको लागि विभिन्न स्किम पनि ल्याएको छ । जसमा स्पट फाईनान्सको सुविधा, सरल ब्याज, ३ महिनाको ब्याज छुट, २ वर्षको सम्पुर्ण सेडुल्ड सर्भीसीङ्गको सामान नि:शुल्क र २ वर्षको वारेन्टी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.