२०७८ भदौ १६ गते १२:५५ विकासन्युज
काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार एक सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि. को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.