इन्भेष्टमेण्ट बैंकको ८७ औं शाखा सिन्धुली माडीमा

  २०७८ भदौ १५ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ। सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले हाल ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैंकिङ सेवा दिदैँ आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको सो बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.