नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकलाई गैर कोषमा आधारित बैंकिङ सेवा दिने

  २०७८ भदौ १३ गते १८:०७     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.