जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

  २०७८ भदौ ९ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले सुर्खेतमामा जावा मोटरसाइकलको शोरूम खोलेको छ ।

अग्नि मोटोइन्क प्रा।लिका महाप्रबन्धक शरद मिश्रले बुधबार शोरूमको उद्घाटन गरेका छन् । उक्त शोरुमको डिलरसिप कम्पनीले एम।पी मोटोहबलाई दिएको छ ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले सुर्खेतको जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा पहुँच सजिलो बनेको जनाएको छ ।

कम्पनीले विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरुबाट जावा मोटरसाइकलहरू उपलब्ध गराइरहेका छ ।

सुर्खेत डिलरका प्रबन्ध निर्देशक रोशन तिवारीले आफ्नो ठाउँमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउनु गर्वका कुरा भएको बताए ।

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले यस शोरुमबाट अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा सुर्खेतकाे केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.