कर्जा पुनर्तालिकीकरण गर्ने समय पुससम्म थपियो

  २०७८ भदौ ८ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा पुनरतालिकीकरण गर्ने समय पुस महिनासम्म कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आबको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै कर्जा पुनरतालिकीकरण तथा पनरसंरचना गर्ने समय ६ महिनासम्मका लागि थप गरिएको हो ।

एक वर्ष बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेको कारणले २०७७ पुस मसान्तसम्म कर्जा पुनरसंरचनार पुनरतालिकीकरण गर्न असमर्थ ऋणीहरुले बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरेर पुसमसान्तसम्म पुर्याउन पाइने भएको हो ।

कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रकाले बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ पुस मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.