कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा २० प्रतिशत छुट पाउने

  २०७८ भदौ ८ गते १७:४०     विकासन्युज

काठमाडाें । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झाैतामा हस्ताक्षर गरे ।

उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट पाइनेछ ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.