विद्युत नियमनको सूचनादेखि डराए हाइड्रोका लगानीकर्ता, अधिकांशको मूल्य घट्यो

  २०७८ भदौ ३ गते १५:५७     विकासन्युज

काठमाडौं । विद्युत नियमन आयोगले सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका छन् । आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोमा लगानी गुर्न भन्ने सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका बिहीबारको बजारमा छर्लङ्ग देखिएको छ ।

यससँगै बजारमा अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबारसम्म दैनिक सकारात्मक सर्किट लाग्दै आएका कम्पनीमा आज भने नकारात्मक सर्किट लागेको छ ।

बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । जसमध्ये खानीखोलाको सेयर मूल्य यस साता शुरु भएदेखिनै निरन्तर पोजिटभ सर्किट लाग्दै आएको थियो । उसले प्रतिसेयर आम्दानी ७१ रुपैयाँ रहेको वित्तीय विवरण प्रकाशित गरेसँगै कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको थियो ।

त्यस्तै, बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । बढी कारोबार गर्नेको ५ स्थानमा सबै हाइड्रो नै रहेका छन् । जसमध्ये अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः एक अर्ब १६ करोड ७८ लाख र १ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको पनि ८३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा बुधबारको बजारमा कूल २२९ कम्पनीको २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबार मापक नेप्से परिसूचक १८.१७ अंकले ओरालो लागेर ३१८०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो ।

बजारमा इन्स्योरेन्स, माइक्रोफाइनानस, ट्रेडिङ्ग र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

के थियो नियमन आयोगको सूचनामा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.