थप ३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु

  २०७८ भदौ २ गते १७:१९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बुधबार कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय ४ जना कोरोनामुक्त भएका छन् भने ४० हजार ३३८जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.