नेपाल वायुसेवा निगमको जहाज युद्धग्रस्थ क्षेत्र अफगानिस्तान जाने

  २०७८ साउन ३१ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको उद्धार गर्न जाने भएको छ । आगामी भदौ ११ गते अफगानिस्तानको राजधानी काबुल जाने तयारी गरेको हो ।

नेपालीको उद्धारका लागि चार्टर्ड उडानको प्रस्ताव आएपछि निगमले परराष्ट्र मन्त्रालयसँग उडानको अनुमति माग गरेको जनाईएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।

परराष्ट्रबाट चार्टर उडानका लागि अनुमति पाए निगमको न्यारोवडी जहाजबाट काबुलमा रहेका करिब एक सय जना नेपालीको उद्धार हुनेछ । मन्त्रालयले सहसचिवको नेतृत्वमा युद्धग्रस्त अफगानिस्तानमा जोखिमपूर्ण रहेका नेपालीको उद्धारका लागि एक समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.