सरकारले लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योगलाइ छुट दिने

  २०७८ साउन २७ गते १३:५३     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई सरकारले छुट दिने भएको छ । उक्त उद्योगलाई सरकारले वित्तीय सहुलियत, विद्युत डिमान्ट शुल्क, पूर्वाधार शुल्क तथा उपकरण आयातमा लाग्ने राजश्वमा छुट दिने भएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै सरकारले उक्त उद्योगलाई छुट दिएको जनाएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योगले विशेष पुनकर्जाको दरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो ५ वर्षसम्म विद्युत डिमाण्ड शुल्क छुट दिने र तत्पश्चात उद्योग सञ्चालन क्षमताको आधारमा पुनरावलोकन गर्न सकिने जनाईएको छ ।

यस्तै, उक्त उद्योगसम्म पुग्ने सडक, खानेपानी, ढल सम्बन्धी पूर्वाधार निर्माण गरेमा खर्च भएको ७५ प्रतिशत रकम सरकारले दिनेछ । उक्त उद्योग आफैले वा नेपाल विद्युत प्राधिकरणबाट उद्योगस्थलसम्म डेडिकेटेड विद्युत लाईन विस्तार गरेमा लागेको खर्चको ७५ प्रतिशत रकम समेत सरकारले दिनेछ ।

उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन उपकरण आयात गर्दा स्वीकृत स्किम बमोजिम उद्योग दर्ता भएको मितिले तीन बर्षसम्म भन्सार महशुल, मूल्य अभिबृद्धि कर र अन्तःशुल्कमा छुट दिइनेछ ।

उद्योग सञ्चालनमा आएको मितिबाट ५ बर्षसम्मका लागि विद्युत खपतको आधारमा दुई मेगावाटसम्म खपत भएमा ४० प्रतिशत र त्यसभन्दा बढि खपत भए ५० प्रतिशतसम्म विद्युत महशुल छुट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.